शनिबार पोखरामा मिडिया कप बुद्धिचाल प्रतियोगिता हुने
पाेखरा | चैत २९, २०८१
पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रकार महासंघको भवनमा हुनेछ ।
प्रतियोगिता सहभागीता जनाउनका लागि आयोजक माईन्ड फ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले आग्रह गरेका छन् । प्रतियोगिताको बिजेताले नगद ५ हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
प्रतियोगित दोस्रो, तेस्रो हुनेल नगद ३ हजार, २ हजार र मेडल प्राप्त गर्ने छन् । त्यसै गरी सातौं स्थान सम्म प्राप्न गर्ने खेलाडी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितालाई पोखराको महेन्द्रपुलमा रहेको किङ्गस इन्स्टिच्युटले मुख्य प्रायोजना गरेको छ ।
प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका कास्की, रुपा गाउँपालिका, फेदीखोला गाउँपालिका, नेपाल पत्रकार महासंघ कास्कीले सघाएका छन् ।
म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

